एएफसी कप खेल्न मछिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेशनको चिन्ता « Khabarhub

एएफसी कप खेल्न मछिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेशनको चिन्ता


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पाँचौँ चरणसम्म एएफसी कप खेल्न शीर्ष स्थानमा आफ्नो पकड बनाएको मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा गुमायो ।

शनिबार बल पोसेसन र आक्रमणमा मछिन्द्रभन्दा बढी प्रभाव जमाएको मनाङ अन्तिम समयमा सेट पिसको सिकार बन्यो । सुनील बलको आकर्षक फ्री किक गोल मद्दतमा मछिन्द्रले मनाङमाथि  १-० को जित निकाल्दै शीर्ष स्थानमा आफ्नो कब्जा जमायो ।

शीर्ष स्थानमा कब्जा जमाउनुको महत्व छुट्टै छ । शीर्ष डिभिजन लिगको छैटौं चरणको खेल सकिएको छ । सोमबारको एक खेलसँगै छैटौँ चरणको खेल सकिएको हो । यस पटक लिग जित्ने टोलीभन्दा पनि सातौं चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कप-२०२२ खेल्न छनोट हुनेछ ।

एएफसी कप खेल्न एएफसी लाईसेन्स अनिवार्य हुनुपर्छ । त्यसका लागि मनाङ र मछिन्द्रसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले मापदण्ड पूरा गरेका छन् ।

आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । एएफसी छनोटमा मनाङ र मछिन्द्रलको लडाइँ छ । छैटौं चरणको जितले मछिन्द्रले सम्भावना बढाएको छ ।

यता, मनाङको भने अंक गणितीय सम्भावना मात्र बाँकी छ । यदि सातौं चरणमा मछिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भए र मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई पराजित गरे मात्र मनाङको सम्भावना रहन्छ ।

जारी शीर्ष डिभिजन लिगमा मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा छ । यता, १३ अंकसहित मनाङ दोस्रो स्थानमा छ । १२ अंकसहित संकटा तेस्रो स्थानमा रहँदा आर्मी १० अंकसहित चौथो स्थानमा छ । समान ८ अंकका सातदोबाटो र हिमालयन शेर्पा पाँचौ र छैटौँ स्थानमा छन् ।

समान ७ अंकको थ्री स्टार, न्युरोड टिम एनआरटी र जावलाखेल क्रमशः सातौँबाट नवौं स्थानसम्म छन् । यता, ६ अंक बनाएको पुलिस १० औंस्थानमा छ भने समान ५ अंकका एपीएफ र बीबीसी ११ र १२औँ स्थानमा छ । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स भने रेलिगेशन जोनमा छन् ।

जारी लिगमा ६ चरणसम्म तीन अंक बनाएको फ्रेण्ड्सलाई भने रेलिगेशनको चिन्ता छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको फ्रेन्ड्स लिगको इतिहासमा पहिलो पटक रेलिगेशन पर्ने संघारमा छ ।

समग्रतामा छैटौँ चरणमा १६ गोल निस्किए । एपीएफ र एनआरटीको खेलमा लिगकै सर्वाधिक ६ गोल भए । खेल भने नतिजाविहीन रह्यो । यता, शेर्पाले समेत च्यासलविरुद्ध ३-१ को ठूलो जित पायो । दुई खेलमात्र गोलविहीन रहे ।

अब, सातौँ चरणको खेल शुक्रबारबाट सुरू हुनेछ । ६ खेल दशरथ रंगशालामा हुँदा एक खेल पोखरा रंगशालामा हुनेछ ।

छैटौँ चरणको नतिजा

एपीएफ फुटबल क्लब ३-३ न्यरोड टिम एनआरटी

नेपाल पुलिस ०-० फ्रेण्ड्स

हिमालयन शेर्पा क्लब ३-१ च्यासल युथ क्लब

मनाङ मर्स्याङ्दी क्लब ०-१ मछिन्द्र फुटबल क्लब

संकटा क्लब ३-० ब्रिगेड ब्वाईज क्लब

थ्री स्टार क्लब ०-० त्रिभुवन आर्मी फुटबल क्लब

सातदोबाटो युथ क्लब ०-२ जावलाखेल

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ३ : ५९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी