एएफसी कप खेल्न मछिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेशनको चिन्ता « Khabarhub

एएफसी कप खेल्न मछिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेशनको चिन्ता


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पाँचौँ चरणसम्म एएफसी कप खेल्न शीर्ष स्थानमा आफ्नो पकड बनाएको मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा गुमायो ।

शनिबार बल पोसेसन र आक्रमणमा मछिन्द्रभन्दा बढी प्रभाव जमाएको मनाङ अन्तिम समयमा सेट पिसको सिकार बन्यो । सुनील बलको आकर्षक फ्री किक गोल मद्दतमा मछिन्द्रले मनाङमाथि  १-० को जित निकाल्दै शीर्ष स्थानमा आफ्नो कब्जा जमायो ।

शीर्ष स्थानमा कब्जा जमाउनुको महत्व छुट्टै छ । शीर्ष डिभिजन लिगको छैटौं चरणको खेल सकिएको छ । सोमबारको एक खेलसँगै छैटौँ चरणको खेल सकिएको हो । यस पटक लिग जित्ने टोलीभन्दा पनि सातौं चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कप-२०२२ खेल्न छनोट हुनेछ ।

एएफसी कप खेल्न एएफसी लाईसेन्स अनिवार्य हुनुपर्छ । त्यसका लागि मनाङ र मछिन्द्रसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले मापदण्ड पूरा गरेका छन् ।

आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । एएफसी छनोटमा मनाङ र मछिन्द्रलको लडाइँ छ । छैटौं चरणको जितले मछिन्द्रले सम्भावना बढाएको छ ।

यता, मनाङको भने अंक गणितीय सम्भावना मात्र बाँकी छ । यदि सातौं चरणमा मछिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भए र मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई पराजित गरे मात्र मनाङको सम्भावना रहन्छ ।

जारी शीर्ष डिभिजन लिगमा मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा छ । यता, १३ अंकसहित मनाङ दोस्रो स्थानमा छ । १२ अंकसहित संकटा तेस्रो स्थानमा रहँदा आर्मी १० अंकसहित चौथो स्थानमा छ । समान ८ अंकका सातदोबाटो र हिमालयन शेर्पा पाँचौ र छैटौँ स्थानमा छन् ।

समान ७ अंकको थ्री स्टार, न्युरोड टिम एनआरटी र जावलाखेल क्रमशः सातौँबाट नवौं स्थानसम्म छन् । यता, ६ अंक बनाएको पुलिस १० औंस्थानमा छ भने समान ५ अंकका एपीएफ र बीबीसी ११ र १२औँ स्थानमा छ । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स भने रेलिगेशन जोनमा छन् ।

जारी लिगमा ६ चरणसम्म तीन अंक बनाएको फ्रेण्ड्सलाई भने रेलिगेशनको चिन्ता छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको फ्रेन्ड्स लिगको इतिहासमा पहिलो पटक रेलिगेशन पर्ने संघारमा छ ।

समग्रतामा छैटौँ चरणमा १६ गोल निस्किए । एपीएफ र एनआरटीको खेलमा लिगकै सर्वाधिक ६ गोल भए । खेल भने नतिजाविहीन रह्यो । यता, शेर्पाले समेत च्यासलविरुद्ध ३-१ को ठूलो जित पायो । दुई खेलमात्र गोलविहीन रहे ।

अब, सातौँ चरणको खेल शुक्रबारबाट सुरू हुनेछ । ६ खेल दशरथ रंगशालामा हुँदा एक खेल पोखरा रंगशालामा हुनेछ ।

छैटौँ चरणको नतिजा

एपीएफ फुटबल क्लब ३-३ न्यरोड टिम एनआरटी

नेपाल पुलिस ०-० फ्रेण्ड्स

हिमालयन शेर्पा क्लब ३-१ च्यासल युथ क्लब

मनाङ मर्स्याङ्दी क्लब ०-१ मछिन्द्र फुटबल क्लब

संकटा क्लब ३-० ब्रिगेड ब्वाईज क्लब

थ्री स्टार क्लब ०-० त्रिभुवन आर्मी फुटबल क्लब

सातदोबाटो युथ क्लब ०-२ जावलाखेल

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ३ : ५९ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली