हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा « Khabarhub

हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन् ।

०२०७ साल, २०४६ साल र २०६२–०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो’, उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोशी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’

नेपालमा ०४६ सालदेखि जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे ।

स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन्’, उनले भने, ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् ।’

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ३० बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान