सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा « Khabarhub

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

‘आइतबार राति भएको सवारी दुर्घटनासम्बन्धी विषयलाई लिएर यस जिल्लाको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी लगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलबार अपरान्ह ३ बजेदेखि बुधबारसाँझ ७ बजे सम्म देहायका स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’

निषेधाज्ञा जारी रहने क्षेत्र

ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह