एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन « Khabarhub

एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५–१५, २५–१७ र २५–२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा नेपालले उज्वकिस्तानलाई १८–२५, २५–२१, २५–२१ र २५–२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै लिएको छ ।

पाँच वर्षअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा नेपालले काँस्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक हो । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो ।

यता, पुरुष टोली पदकविहीन हुँदा महिला टोलीले भने मंगलबार नै उज्वेकिस्तानलाई ३२ सेटले हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : २० बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम