सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित « Khabarhub

सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए ।

बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् । बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैंककै एक कर्मचारीले आर्थिक हिनामिना भइरहेको गोप्य उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । भट्टराईलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई बैंकका सीईओ नवीन सुवेदीका फुपुका छोरा समेत हुन् । सीइओ सुवेदीलाई भने बैंकले कुनै कारबाही गरेको छैन ।

सप्तकोशी डेभलपमेन्ट बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको भनी एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो ।

नक्कली खाता बनाएर हिनामिना गरेको खुलेको बैंकका अध्यक्ष अर्जुन बरालले बताए । अन्य केही कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने उनको अनुमान रहेको छ ।

बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो । मंसिर १ गतेदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सप्तकोशी बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकका १ नम्बर प्रदेशमा ३६ वटा शाखा छन् । न्यूजकारखाना

 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : १० बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ