नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज « Khabarhub

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुँदैछ ।

बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ ।

बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको छ ।

जसमध्ये ६ हजार २७६ आवेदन रद्द भएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि-अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

बोर्डबाट स्वीकृत भएपछि आज बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाँड हुन लागेको हो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४० बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल