नेपालमा फेरि न्युन चापीय प्रणालीको असर, कस्तो रहला मौसम ? « Khabarhub

नेपालमा फेरि न्युन चापीय प्रणालीको असर, कस्तो रहला मौसम ?


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा फेरि न्युन चापीय प्रणालीको प्रभाव परेको छ ।

भारतको राजस्थान, आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव को आंशिक प्रभाव रहेको छ।

सोही प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने अन्यत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १७ गते (शनिबार)

दिउँसो : प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ १८ गते (आईतबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश-१ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : १० बजे

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल