कपाल झरेर वा टुक्रिएर दिक्क भएका महिलालाई १० टिप्स « Khabarhub

कपाल झरेर वा टुक्रिएर दिक्क भएका महिलालाई १० टिप्स


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल उमेर ढल्केकाहरुको मात्र नभई युवा पुस्तामासमेत कपाल झर्ने समस्या बढ्दो छ । युवा अवस्थामा नै कपाल झर्न थालेपछि धेरै युवायुवतीहरु विभिन्न समाधानको उपाय अपाउछन् । तर यसको नतिजा शुन्य झै हुन्छ । कपाल झर्ने समस्याले पुरुषभन्दा महिला बढि तनावमा रहने गर्दछन् ।

किन झर्छ कपाल ?
हाम्रो शरीरमा कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको जीन नै हो । यद्यपि अन्य कयौं कारणले पनि कपाल झर्ने गर्दछ । खराब जीवनशैली र खानपानले कपाललाई हानी पुर्‍याउँछ । यस अलावा भिटामिन ए, बी, प्रोटिन, इत्यादिको कमिले पनि कपाल र्झन सक्छ ।

कसरी रोक्ने ?

१. सही स्याम्पु
कपाल झर्नबाट रोक्न आफ्नो कपालको प्रकृतिअनुसार सही स्याम्पुको छनौट गर्नुहोस् । नुहाउँदा स्याम्पुलाई सोझै कपालमा दल्नुको साटो थोरै पानीमा मिसाएर दल्नुहोस् । साथै आवश्यक मात्रामा मात्रै प्रयोग गर्नुहोस् अन्यथा अत्यधिक स्याम्पुको प्रयोगले कपाल कमजोर भएर झर्न थाल्छ ।

२. नियमित तेल
कपाल झर्नबाट रोक्न नियमित रुपमा तेल लगाउने गर्नुहोस् । यसले कपालको मोइस्चर कायम रहन्छ । अझ तेललाई हल्का तताएर लगाएमा यसले कपालको जरालाई राम्ररी प्रभावमा ल्याउन सक्छ । तेल लगाएपछि १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुहोस् ।

३. तनाव मुक्त
प्रायः धेरै तनावमा रहने वा हमेशा चिन्तामा रहने मानिसहरुको कपाल झर्ने गर्दछ । यसका साथै तनावमा रहनेहरुको कपाल चाँडै फुल्न थाल्छ । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्‍याउँछ । त्यसैले आफ्नो तनाव कम गर्नुहोस् ।

४. प्रोडक्टबाट सावधान
कपालको सौन्र्दयता बढाउने नाममा धेरैले हेयर स्टाइलिङ प्रोडक्ट, जस्तै जेल, क्रिम, कलर आदिको प्रयोग गर्दछन् । तर यसले कपाललाई उल्टै नोक्सानी पुर्‍याउँछ । तसर्थ सकेसम्म यस्ता वस्तुको प्रयोग नगर्ने गरीहालेमा पनि लामो समयसम्म यसलाई राख्नु हुदैँन ।

५. तातोपानी
कपाल नुहाउन तातो पानीको प्रयोग गर्नु हुदैँन । तातो पानीले कपाल डिहाइड्रेटेड हुन्छ र टुक्रिन थाल्दछ । त्यसैले कपाल धुन सकभर तातो पानीको प्रयोग नगर्नुहोस् । सकेसम्म कपाल नुहाउन चिसो पानी प्रयोग गर्नु नै सबैभन्दा राम्रो मानिन्छ ।

६. चिसोमा कपाल नकोर्नु
नुहाउने बित्तिकै भिजेको कपाल कोर्नु हुदैन । चिसोमा कपाल अत्यन्तै कमजोर हुन्छ र छिटो टुक्रिन सक्छ त्यसैले चिसो कपालमा कपाल नर्काेर्नु होस् । यसका साथै प्लास्टिक वा पातलो दाँत भएका काइयोले पनि कपालमा नोक्सानी पुर्‍याउन सक्छ । त्यसैले कपाल कोर्दा हावामा सुक्न दिएर मोटो दाँत भएको काइयोले मात्र कोर्नु पर्दछ ।

७. खानपानमा सजगता
कपालमा समस्या भएपछि मात्र होइन नभई पनि आफ्नो खानपानमा केही सुधार ल्याउनु पर्ने हुन्छ । यसकालागी आफ्नो खानामा प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ समावेश गर्नुहोस् । नियमित रुपमा हरियो पातभएका तरकारी, सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गरेमा कपाल झर्ने समस्यामा केही सुधार हुन्छ ।

८. कन्डिसनर
कपालमा कहिलेकाहिँ मात्र कन्डिसनर प्रयोग गरेर कपाल स्वस्थ हुदैँन । कपाल राम्रो बनाउन हरेक पटक नुहाइसकेपछि कन्डिसनर प्रयोग गर्नु पर्दछ । कन्डिसनर लगाउनुभन्दा अगाडि कपाललाई तौलियाले राम्ररी पुछ्नु पर्दछ ।

९. कपाल काट्नुहोस्
समय समयमा कपाललाई काट्ने, छाट्ने गरेमा कपालको टुप्पोमा हुने क्षति कम गर्न सकिन्छ । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुनसक्छ । विशेष गरी महिलाले हरेक ४/५ महिनामा कपाल ट्रिम गर्नु राम्रो हुन्छ ।

१०. कपाल नबाध्ने
धेरै महिलाहरु कपाललाई कसिलो गरी बाँधेर राख्दछन् । तर यसो गर्दा कपाल चाँडै टुट्न थाल्दछ । साथै चाया पर्ने र चिलाउनेलगायतका समस्या पनि उत्पन्न हुन्छ । त्यसैले कपाललाई सकेसम्म खुल्ला छाड्ने वा खुकुलो गरी बाँध्नु पर्दछ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : १५ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ