केही दिनपछि छलफल गर्न निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहको आग्रह « Khabarhub

केही दिनपछि छलफल गर्न निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहको आग्रह


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।

प्रचण्ड-नेपाल समूह अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको भन्दै केही दिनपछि छलफल गर्न आयोगलाई आग्रह गरेको हो।

नेकपाका नेता लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले आयोगमा पुगेर बुझाएको पत्रमा निर्वाचन सम्बन्धि छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाई आग्रह गरेको छ।

No description available.

आयोगले बिहीबार दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो।

उनीहरुले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगलाईपत्रमार्फत अनुरोध गरेका छन्।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १२ : ३२ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ