अक्षयको पारिश्रमिक १३५ करोड « Khabarhub

अक्षयको पारिश्रमिक १३५ करोड


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता अक्षय कुमार बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो ।

त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोब्र्स सूचीमा परेको थियो ।

यिनै अक्षयले एकपटक पुनः आफ्नो पारिश्रमिक बढाएका छन् । अक्षय हरेक फिल्मबाट १ सय २० करोड पारिश्रमिक लिन्थे, तर अब उनले १ सय ३५ करोड लिने भएका छन् । अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।

बलिउडका निर्देशकहरु अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बताउछन् । त्यहीकारण पनि निर्माता र निर्देशकहरु उनीसँग काम गर्न मरिहत्ते गर्छन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् ।

यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ३० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६