‘कान्स फेस्टिभल’मा प्रियंकाको जिपर बिग्रिएपछि… « Khabarhub

‘कान्स फेस्टिभल’मा प्रियंकाको जिपर बिग्रिएपछि…


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– कुनै इभेन्ट, अवार्ड अथवा विवाहलगायतमा प्रायः फिल्मका कलाकारहरु ‘उप्स मुमेन्ट’को शिकार बन्छन् ।

कैयौं पटक उनीहरुको ‘उप्स मुमेन्ट’लाई क्यामरामा कैद पनि गरिन्छ । केही अभिनेत्रीहरु भने यस्तो घटनामा क्यामराबाट जोगिनका लागि आफूलाई सम्हाल्छन् । तर सोच्नुहोस् कि विश्वकै प्रतिष्ठित फेस्टिबल ‘कान्स’मा पुगेर रेड कार्पेटमा हिँड्दा कथमकदाचित तपाईंको जिप फुट्यो भने यस्तो अवस्थामा तपाईंको हालत के होला ?

बलिउडदेखि हलिउडमा आफ्नो अभिनय कलालाई विस्तार गरिसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २०१७ ‘कान्स फिल्म फेस्टिभल’मा यस्तै अवस्था भोग्नुपर्यो । उनी रेडकार्पेटमा जाने तयारी गरिरहँदा विश्वभरका क्यामरा उनको फोटो लिनका लागि तेर्सिएका थिए । तर रेडकार्पेटमा उत्रनासाथ उनको लुगाले धोका दियो ।

प्रियंकाले इन्स्टाग्रामा फेस्टिभलको समयको केही तस्बिरको कोलाज शेयर गरेकी छन् । ‘यहाँ म बाहिरबाट भलै पिरो देखिएकी हुँला । तर केही मानिसलाई मात्र थाहा थियो कि यो बेला म कति डराएकी थिएँ । रेड कार्पेटमा जानु केही अघि मेरो विन्टर गाउनको जिपर बन्द गरिरहँदा टुटेको थियो । समाधान ? मेरो सहयोगीले कार भित्र ५ मिनेटमा मेरो लुगा सिलाएर दिएकी थिइन्’, प्रियंकाले क्याप्सन लेखेकी छन् ।

प्रियंकाले आफू यस्ता पर्दा पछाडिका रोचक कुराहरु फ्यानमाझ बाढिरहने उल्लेख गरेकी छन् । प्रियंकाको किस्सालाई पञ्जाबी गायक तथा ‘बिग बोस १३’ फेम हिमांशी खुरानाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै आफूमाथि पनि यस्तो आपत आइलागेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : १७ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका