‘कान्स फेस्टिभल’मा प्रियंकाको जिपर बिग्रिएपछि… « Khabarhub

‘कान्स फेस्टिभल’मा प्रियंकाको जिपर बिग्रिएपछि…


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– कुनै इभेन्ट, अवार्ड अथवा विवाहलगायतमा प्रायः फिल्मका कलाकारहरु ‘उप्स मुमेन्ट’को शिकार बन्छन् ।

कैयौं पटक उनीहरुको ‘उप्स मुमेन्ट’लाई क्यामरामा कैद पनि गरिन्छ । केही अभिनेत्रीहरु भने यस्तो घटनामा क्यामराबाट जोगिनका लागि आफूलाई सम्हाल्छन् । तर सोच्नुहोस् कि विश्वकै प्रतिष्ठित फेस्टिबल ‘कान्स’मा पुगेर रेड कार्पेटमा हिँड्दा कथमकदाचित तपाईंको जिप फुट्यो भने यस्तो अवस्थामा तपाईंको हालत के होला ?

बलिउडदेखि हलिउडमा आफ्नो अभिनय कलालाई विस्तार गरिसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २०१७ ‘कान्स फिल्म फेस्टिभल’मा यस्तै अवस्था भोग्नुपर्यो । उनी रेडकार्पेटमा जाने तयारी गरिरहँदा विश्वभरका क्यामरा उनको फोटो लिनका लागि तेर्सिएका थिए । तर रेडकार्पेटमा उत्रनासाथ उनको लुगाले धोका दियो ।

प्रियंकाले इन्स्टाग्रामा फेस्टिभलको समयको केही तस्बिरको कोलाज शेयर गरेकी छन् । ‘यहाँ म बाहिरबाट भलै पिरो देखिएकी हुँला । तर केही मानिसलाई मात्र थाहा थियो कि यो बेला म कति डराएकी थिएँ । रेड कार्पेटमा जानु केही अघि मेरो विन्टर गाउनको जिपर बन्द गरिरहँदा टुटेको थियो । समाधान ? मेरो सहयोगीले कार भित्र ५ मिनेटमा मेरो लुगा सिलाएर दिएकी थिइन्’, प्रियंकाले क्याप्सन लेखेकी छन् ।

प्रियंकाले आफू यस्ता पर्दा पछाडिका रोचक कुराहरु फ्यानमाझ बाढिरहने उल्लेख गरेकी छन् । प्रियंकाको किस्सालाई पञ्जाबी गायक तथा ‘बिग बोस १३’ फेम हिमांशी खुरानाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै आफूमाथि पनि यस्तो आपत आइलागेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  २ : १७ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।