ओलीले संविधान नै विघटनको अवस्थामा पुर्‍याएको नेता सिटौलाको आरोप « Khabarhub

ओलीले संविधान नै विघटनको अवस्थामा पुर्‍याएको नेता सिटौलाको आरोप


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन ।

शुक्रबार संसद विघटन विरुद्ध कांग्रेस क्षेत्र नम्बर ६ ले काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा सिटौलाले संसद विघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयासमा ओली लागेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुनेतर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना गराउनुपर्ने तर्क गरे ।

संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको समेत टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताए ।

उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गरे ।

थापाले आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको तर्क गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ४२ बजे

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न