संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी नगर्ने ‘कायर’ हुन् : नेता थापा  (भिडियोसहित) « Khabarhub

संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी नगर्ने ‘कायर’ हुन् : नेता थापा  (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताएका छन् ।

उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गर्दै अदातको बारेमा बोल्दैनौँ भन्नेहरुलाई ‘कायर’को संज्ञा दिए ।

शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन ।

हेरौँ भिडियो

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसबारेमा नबोल्ने बताइरहेका बेला नेता थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

नेता थापाले आफूहरु बीपी कोइरालाका कार्यकर्ता भएको बताउँदै प्रतिनिधि सभा विघटनविरुद्ध चुप नबस्ने बताए।

‘केही साथीहरु के भन्नुहुन्छ भने, अदालतका बारेमा बोल्नु हुँदैन। म फेरि भन्छु- बीपी कोइरालाको पार्टीको कार्यकर्ता हौँ हामीहरु र यही बीपी कोइराला हो जसले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो–यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस्, दायाँ–बायाँ, वर–पर नहेर्नुहाेस्, न्याय गर्नुहोस्। विवेक पुर्‍याउनुहोस् । ’

नेता थापाले दुवै हातमा लड्डु खोज्ने कांग्रेसका केही नेताका कारण पार्टीमाथि प्रश्न उठेको बताए। उनले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नरहेको तर्क गरे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ५२ बजे

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न