संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न खडा : अध्यक्ष थापा  « Khabarhub

संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न खडा : अध्यक्ष थापा 


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन ।

जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए ।

पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे ।

उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे ।

देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो ।

बैठकमा नेताहरु ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राखे ।

बैठकमा  ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ४६ बजे

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न