विश्वकप फुटबल छनौट : फ्रान्सको पहिलो जित « Khabarhub

विश्वकप फुटबल छनौट : फ्रान्सको पहिलो जित


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ०१ बजे

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ।