झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास | Khabarhub Khabarhub

झापामा जङ्गली हात्तीको आतङ्क, एक सातादेखि मकैबारीमा बास


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् ।

मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । उनले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।

साइरनसहितको गाडी लिएर गए पनि हात्ती रहेको स्थानसम्म पुग्ने बाटो नभएको हुँदा थप किसानको मकै नष्ट गरिरहेको बताए । “पट्टेर मकैघारी छ, ज्यान जोखिममा राखेर हात्ती रहेको स्थानसम्म पुग्न सकिदैन”, उनले भने, “बस्तीमा पसेर जनको क्षति नहोस् भनेर पहल गरिरहेका छौं ।” प्रायः दैनिक वनका कर्मचारी हात्ती रहेको स्थानसम्म पुग्ने र फर्किने काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए । थप क्षति हुने काम भइरहेको छ । सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको उनले बताए ।

उनले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण सङ्कलन गर्न नसकिएको बताए । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको उनको भनाइ छ । उनले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : १३ बजे

अरूलाई दोष लगाउनुभन्दा आफ्नो कर्तव्य पूरा गरौँ : उपप्रमुख डंगोल  

काठमाडौं– आफूले गरेका कमजोरीको ढाकछोप गर्न केन्द्र सरकारको विरोध गर्ने

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिल

गण्डकी– राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको

कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण

मनहरी– मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी

हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि भारदहका किसान चिन्तित

तिलाठी– बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज

शेखर कोइरालाले भेटे प्रकृतिको परिवारलाई

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भारतको उडिसाको