भाइरल रोगले तीन दिनमा सय बढी विद्यार्थी बिरामी « Khabarhub

भाइरल रोगले तीन दिनमा सय बढी विद्यार्थी बिरामी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

मार्तडी – बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ ।

विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिंह थापाले बताए ।

उक्त विद्यालयमा अध्ययनरत करीब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनले बताए ।

दैनिक रुपमा २० जना बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्ने पर्ने अवस्था आएको प्रअ थापाको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ३ : ०० बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– न्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल