भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी « Khabarhub

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।

विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए ।

दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । धेरै विद्यार्थी बिरामी भएकाले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदामा केही विद्यार्थी गाउँमै बिरामी परेका र आज विद्यालय खुलेपछि पनि केही विद्यार्थी बिरामी पर्न थालेका शिक्षक रौलेको भनाइ छ । आज मात्र कक्षा ७ का एकैपटक १० विद्यार्थी बिरामी परेका छन् ।

नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा गई उपचारमा खटिएको छ । विद्यार्थी बिरामी भएको जानकारी आएपछि स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाइएको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए ।

विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउन, वाकवाकी लाग्ने लक्षण देखा परेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै