घुसवापत साढे ३७ लाख रुपैयाँ इन्जिनियरको खातामा जम्मा गर्नेविरुद्ध मुद्दा दायर « Khabarhub

घुसवापत साढे ३७ लाख रुपैयाँ इन्जिनियरको खातामा जम्मा गर्नेविरुद्ध मुद्दा दायर


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जिनियरको खातामा घुसवाफत साढे ३७ लाख रुपैयाँ जम्मा गर्नेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतको खातामा घुसवाफतको रकम जम्मा गर्ने उमानाथ खतिवडाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार इन्जिनियर बस्नेतविरुद्ध चलिरहेको मुद्दामा वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भन्दै अख्तियारले खतिवडाविरुद्ध मुद्दा दायर गरिएको हो ।

खतिवडाले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक–पटक गरी उक्त रकम जम्मा गरेको खुलेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ४५ बजे

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी