बंगलादेशविरुद्ध नेपालले गर्‍यो दोस्रो गोल « Khabarhub

बंगलादेशविरुद्ध नेपालले गर्‍यो दोस्रो गोल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध दोस्रो गोल गरेको छ । खेलको ४१ औँ मिनेटमा विशाल राईले गोल गरेका हुन् । योसँगै नेपालले २-० को अग्रता लिएको छ ।

यसअघि  खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेका थिए ।

नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् । साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् ।

दुई टोलीबीचको खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी छ । नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : २३ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना