बिराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास « Khabarhub

बिराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पूरा गरेका  उनले सोमबार सन्यास लिएका हुन् ।

काठमाडौँमा भएको थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजको यो प्रतियोगिता राष्ट्रिय टिमको अन्तिम प्रतियोगिता बन्यो ।

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् ।

विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगे । उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए ।

राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए । अनिल गुरुङले सन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए ।

नेपालले बंगबन्धु गोल्डकप, १२औँ साग र सोलिडारिटी कप जित्दा विराज मैदानमा कप्तानको भूमिकामा थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ५८ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका