नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काटिँदै « Khabarhub

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काटिँदै


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन सकेको थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तारका लागि आवश्यक पर्ने रुख काट्न शुरु गरिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको खण्ड ‘क’का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सो सडकखण्डको कावासोतीबाट गैँडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केहीदिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।

जङ्गलबाहेक अन्य क्षेत्रमासमेत सडकबाट ५० मिटर दक्षिणतर्फका रुखहरु मध्यवर्तीमा पर्ने भएकाले सबै रुख काट्ने काम हुन सकेको थिएन । सूचना अधिकारी आचार्यले मध्यवर्ती क्षेत्रमा पर्ने करिब चार हजार रुख काट्ने काम भइरहेको जानकारी दिए । ३० सेन्टिमिटर गोलाइ वा सोभन्दा बढी गोलाइ भएका रुखहरुको छपान (नम्बर लगाउने काम) भएर काट्ने काम भइरहेको उनको भनाइ छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार रुखमध्ये अब एक हजार ५०० रुख काट्न बाँकी भएको भन्दै उनले अबको दुई–चार दिनमा ती रुख काट्ने काम सकिने बताए । सो क्षेत्रमा साल, सिमल, खयर, करङ प्रजातिका रुखहरु बढी छन् । रुख काट्नका लागि अनुमति ढिला आउनु तथा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि मुलुकमा भएको लकडाउनले सडक विस्तारको कार्यले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटर सडकलाई खण्ड ‘ख’ बनाएर निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तारको काम भइरहेको सो आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण सहयोग उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४० बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई