माउन्टेन गाइड लाइसेन्स रोकियो | Khabarhub Khabarhub

माउन्टेन गाइड लाइसेन्स रोकियो


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ ।

विभागले सोमबार जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।

विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले पाएका थिए ।

विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले शुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । “कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ”, उनले भने ।

विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् । विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ । करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७(क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो । सर्वोच्च अदालतको वादी लाक्पा रड्डु शेर्पा र प्रतिवादी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९१२ तथा वादी तेण्डी शेर्पा र प्रतिवादी पर्यटन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९३० मुद्दामा चैत ९ गतेको उत्प्रेषणको आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : २३ बजे

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध

इजरायल – गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि

क्षेत्राधिकार कटौतीमा परेको बृहत्तर बराहक्षेत्र विकास समितिले के काम गर्ला ?

काठमाडौं- सुनसरी, उदयपुर र धनकुटा जिल्ला कार्यक्षेत्र रहेको बृहत्तर बराहक्षेत्र

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर– सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु

दाङ– दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ