१. आमाशय
हाम्रो आमाशयले प्रत्येक दुई हप्तामा Mucus को नयाँ तह बनाउने गर्छ । यदि यो नयाँ तह बनाइएन भने आमाशले आफूलाई आफैले पचाउने गर्छ ।
२. चेकमेट
बुद्धिचाल खेलमा प्रयोग गरिने अँग्रेजी शब्द Checkmate पर्सियाको ShahMat भन्ने शब्दबाट आएको हो, जसको अर्थ राजा मर्यो भन्ने हुन्छ ।
३. निद्रामा बोल्नु
सुतिरहेका या निदाइरहेका बेला बोल्नुलाई अँग्रेजीमा Somnlioquy भनिन्छ ।
४. बिरालोको आवाज
बिरालोले १०० भन्दा बढी किसिमका आवाज निकाल्न सक्छ भने कुकुरले लगभग १० कसिमका मात्र ।
५. चिप्लेकीराको हिँडाइ
एक घण्टामा एक व्यक्ति जति हिँड्छ त्यति हिँड्न चिप्लेकिरालाई तीन दिन लाग्छ ।
साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट
प्रतिक्रिया