मगधका राजकुमारले एक ऋषिको आश्रममा शिक्षा प्राप्त गरिरहेका थिए । गुरु र शिष्य एक दिन भिक्षा मागिरहेका थिए । त्यति नै बेला गुरुको लठ्ठी भुइँमा झर्यो । राजकुमार लठ्ठी उठाउन झुके । गुरुले उनको पिठ्युँमा एक लात हाने । पिट्नुको कारण सोध्दा गुरुले कुरा अन्तैतिर मोडे । तर यो कुरा राजकुमारको मनमा काँडाले घोचेजस्तै भइरह्यो ।
केही वर्षपछि राजकुमार राजा बने । उनले गुरुलाई बेलाएर बिना कारण पिट्नुको कारण सोधे ।
गुरुले भने— हे राजन ! तिमीलाई मैले बिना कारण सजाए दिएँ । जसको यादले तिमीलाई अहिले पनि सताइरहेको छ । गल्ती गर्नेले आफ्नो सजाय बिर्सिदिन्छ । तर निर्दोषले आफ्नो सजाय कहिल्यै बिर्सिंदैन । अतः कहिले पनि कुनै निर्दोषलाई सजाय नदिनू । यही मेरो अन्तिम शिक्षा हो ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया