अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका वकिलको घरमा एफबीआईको छापा « Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पका वकिलको घरमा एफबीआईको छापा


१६ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी जुलियानीको घरमा सङ्घीय जाँच ब्यूरो एफबीआईले छापा मारेको छ ।

न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घरमा एफबीआईले छापा मारेको हो ।

बुधवार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युस्थित अफिसमा पनि छापा मारेर विद्युतीय उपकरणसहितका सामग्री जफत गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

सङ्घीय अभियोजनकर्ताहरूले युक्रेनी अधिकारीहरूलाई जो बाइडनविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएको आरोपित गतिविधिमा जुलियानीको संलग्नता छानबिन थालेको बीबीसीले जनाएको छ ।

ती गतिविधिकै कारण सन् २०१९ मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई पहिलो पटक महाभियोग लगाइएको थियो।

यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका जो बाइडेनका छोरा र बाइडेनलाई अनुसन्धान गर्न युक्रेनलाई दबाव दिने कार्यमा जुलियानीले केन्द्रीय भूमिका खेलेको आरोप लगाइएको छ ।

ट्रम्पको पहिलो महाभियोगको सुनुवाइका बेलामा बयान दिएकाहरूले पनि जुलियानीले युक्रेनका निम्ति तत्कालीन अमेरिकी राजदूतलाई हटाउन मुख्य भूमिका खेलेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १० बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल