ओखलढुङ्गामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज « Khabarhub

ओखलढुङ्गामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- ओखलढुङ्गामा पाइप बम फेला परेको छ ।

जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।

घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए ।

बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिल्लाबाट प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठको कमाण्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमाण्डमा गएको नौ जनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ ।

“निकै पुरानो बम रहेछ । शुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरङ्ग दिने गरि पड्कियो । सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो”, प्रहरी निरीक्षक श्रेष्ठले भने, “यत्तिका दिन सम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।”

कतै त्यस्तो शङ्कास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ ।

तत्कालीन माओवादीले द्वेन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन ।

द्वन्द्वकाल अन्त्य भएको लामो समय  भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १० : २५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका