भिडभाड नगरी आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन « Khabarhub

भिडभाड नगरी आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका कार्यालयहरुलाई धेरै भिडभाड नगरी आलोपालो प्रणालीमा कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधवार एउटा सूचना जारी गर्दै कोभिड–१९ रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएकोले सोही बमोजिम व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयमा आलोपालो प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको हो ।

निषेधाज्ञाको समयमा घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यवस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ११ : ५१ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ