निषेधाज्ञाको पहिलो दिन काठमाडौँमा जे देखियो (फोटोफिचर) « Khabarhub

निषेधाज्ञाको पहिलो दिन काठमाडौँमा जे देखियो (फोटोफिचर)



काठमाडौँ— निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिए ।

सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिएका छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए । अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उनको भनाइ छ । उनले भने, “हामीले निर्णयविपरीत हुँदा तत्काल रेस्पोन्स गरिरहेका छौँ ।”

अपराह्नसम्म झण्डै ७ सय सवारी साधन कारबाही गरिइएको उनले जानकारी दिए । उनका अनुसार तीमध्ये सबैभन्दा बढी काठमाडौँमा ४४१ रहेका छन् । प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ । उनले भने, “हामीले २०० बढी ठाउँमा चेक प्वाइन्ट र ठाउँठाउँमा मोबाइल टोली पठाएर अनुगमन र आवश्यक भएमा कारबाही गरिरहेका छौँ ।”

मुख्य सडक सुनसान हुँदा भित्रि गल्लीमा भने केही पसल खुलेका र मान्छेको आवतजावत पनि देख्न सकिन्छ । भित्री भागमा नियमित जाँच नभए पनि ‘मोबाइल टिम’ गएर अनुगमन गरिरहेको प्रवक्ता कुँवरले बताए ।

उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।

उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि आदेश जारी गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौँका केही तस्वीर : 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ४० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा