कोरोना संक्रमित पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी « Khabarhub

कोरोना संक्रमित पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोरोना भाइरस संक्रमित पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ ।

कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालको आइसीयुमा उपचार गराइरहेकी पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको हो ।

अस्पताल स्रोतका अनुसार हाल उनको लागि प्लाज्माको खोजी भइरहेको छ ।

हाल उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको छ । उनलाई हाइफ्लोमा अक्सिजन दिइरहेको विहान अस्पतालले विज्ञप्ति जारी गरी जनाएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पति ज्ञानेन्द्र – कोमल र पूर्व अधिराजकुमारी प्रेरणाको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वराजदम्पति भारतको कुम्भमेलामा सहभागी भएर ५ वैशाखमा फर्केपछि ७ गते कोरोना पुष्टि भएको थियो ।
त्यसपछि ११ वैशाखमा अस्पताल भर्ना गरिएका शाह दम्पति र छोरी मध्ये छोरीको अवस्था सामान्य रहेको बताइएको छ भने पूर्वराजालाई अक्सिजन सपोर्टमा राखिएको छ ।

पूर्वराजाको भारत भ्रमणको टोलीमा संलग्न अरु केहीलाई संक्रमण देखिए पनि त्यस्तो अफ्ठ्यारो नभएको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ६ : ४२ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ