उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’ « Khabarhub

उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियन्ता तथा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले उप–प्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गर्दै रंगशालाको निर्माणमा भोगेको पीडा सुनाएका छन् ।

उनले आफूहरु टुहुरो जस्तै भएको बेला सरकारले चासो दिएपछि बल्ल सरकार भएको अनुभव गरेको बताएका छन् ।

‘म राज्यलाई सघाउने अभियन्ता हुँ । टुहुराजस्तो भएको बेला आफैंले बोलाएर तपाईंले चासो लिनुभएकोमा धन्यवाद’, उप–प्रधानमन्त्रीसँग कट्टेलले भने, ‘बल्ल सरकार र राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं ।’

उप–प्रधानमन्त्री पोखरेलले धुर्मुस–सुन्तली जोडीले अनुकरणीय काम गरेकाले काममा आउने चुनौती र त्यसमा उठेका प्रश्नको जवाफ कामले दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर रंगशालाका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने खुलाए ।

सीतारामले अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए । रकमको जोहो भएमा धेरैमा एक वर्षसम्म रंगशाला तयार हुने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : ४१ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको