सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी « Khabarhub

सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खुकुरी रम उत्पादक नेपाल डिस्टिलरी प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ ।

खुकुरी रमले हिमालय सफाइ अभियानमा सहकार्य गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणमार्फत यो सम्बन्ध थप मजबुत हुने अपेक्षा व्यक्त गरेको छ ।

यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरि, पुमोरी, अमादब्लम, विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र त्यसको सेरोफेरोको सरसफाइ गर्ने लक्ष्य राखेको छ ।

हिमालय संरक्षणका लागि नेपाली सेनासँग आबद्ध हुन पाएकामा खुकुरी रमले खुसी प्रकट गरेको छ । यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भई ५ जुन २०२१ विश्व वातावरण दिवसका दिनसम्म रहने कम्पनीले बताएको छ ।

६ वटा हिमालयमा फ्याँकिएका करिब ७०,००० केजी तौल बराबरका उपयोगविहीन उपकरण, खाद्यान्न सामग्रीका भाँडा, पाल, क्यानका फोहर संकलन गर्ने र त्यसलाई काठमाडौंमा पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : ५७ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य