नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज « Khabarhub

नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३औँ स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औँ स्थानमा छ । नेपाल १ सय ७१औँ स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।

नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले जितेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ४० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ