विज्ञहरूको आग्रह बेवास्ता, सरकार आजै अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै « Khabarhub

विज्ञहरूको आग्रह बेवास्ता, सरकार आजै अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विपक्षी दल र विज्ञहरुको दबाबका बीच सरकारले आजै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

अध्यादेशमार्फत आउन लागेको आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावमा मतदाता आकर्षित गर्ने खालको कार्यक्रम ल्याउने हो कि भन्ने आशंका विपक्षीहरूले गरिरहेका छन् । तर सरकारले भने देशमा महामारी व्याप्त रहेकाले कोरोना नियन्त्रणसँग केन्द्रित कार्यक्रम ल्याउन लागेको संकेत गरेको छ ।

छुट्टै नीति तथा कार्यक्रम नै प्रस्तुत नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा बजेट स्वास्थ्य केन्द्रित हुने संकेत गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख छ । तर प्रतिनिधिसभा नै नरहेपछि उक्त नियमावली पनि मिचिएको छ ।

संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले अपराह्न चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ८ : १० बजे

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

राष्ट्रपति पौडेल आइतबार जापान जाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको