गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन प्रचण्डको अपील « Khabarhub

गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन प्रचण्डको अपील


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन अपील गरेका छन् ।

​१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने भएकाले त्यसकाविरूद्ध एकतावद्ध संघर्ष जरूरी भएको जनाएका छन् ।

​नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको उनले जनाएका छन् ।

​दाहालले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना