गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन प्रचण्डको अपील « Khabarhub

गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन प्रचण्डको अपील


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका मूल्य-मान्यतामाथि प्रहार गर्ने तत्वविरुद्ध एकतावद्ध हुन अपील गरेका छन् ।

​१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने भएकाले त्यसकाविरूद्ध एकतावद्ध संघर्ष जरूरी भएको जनाएका छन् ।

​नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको उनले जनाएका छन् ।

​दाहालले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : १० बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण