कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ « Khabarhub

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका–२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार राति झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ३ : २६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर