वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा | Khabarhub Khabarhub

वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ ।

वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीको नेतृत्वमा सफाइ गरिएको हो । निषेधाज्ञा र कोरोनाबाट निधन भएकाको शवदाह जारी रहेकाले पशुपतिक्षेत्रको आर्यघाटमा धेरै फोहोर देखिएको छ ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । दुवै स्थानमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । यसैगरी उपत्यकाका अन्य स्थानमा पनि नदी किनार नजीक निवास भएका अभियानकर्मीले स्थलगत रुपमै र अन्य घरअघिको टोल क्षेत्रमा सफाइ गरेको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर परिसरबाट शुरु गरिएको थियो । महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी, चक्रपथ गरी २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ । उपत्यका बाहिर करीब १०७ स्थानमा सफाइ भइरहेको छ ।

सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ । चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि महाअभियान जारी छ । महाअभियानले कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने उद्देश्यले प्रत्येक दिन बिहान साढे ६ : ०० बजेदेखि साढे ७ : ०० बजेसम्म प्राणायाम, योगजस्ता अभ्याससमेत गराइरहेको छ । यसैगरी प्रत्येक हप्ता विज्ञ चिकित्सक एवं कोरोना भई सफलतापूर्वक उपचार सम्पन्न गरी जितेकासँग अन्तरक्रिया गरी जागरण फैल्याइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ०७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका