चामेमा विद्युत् र खानेपानी आपूर्ति बन्द | Khabarhub Khabarhub

चामेमा विद्युत् र खानेपानी आपूर्ति बन्द


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– केही दिनदेखि परेको पानीका कारण खोलानाला बढेपछि मनाङको चामेमा विद्युत् आपूर्ति बन्द भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बिजुलीका पोलहरु ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । चामे गाउँपालिका—३ नयाँबजारमा घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि विद्युत् सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालायले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि दर्जनौँ घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।

बाढीका कारण चामेमा खानेपानी सुविधा पनि अवरुद्ध भएको छ । वर्षाले सडक तथा पुल बगाउँदा लमजुङबाट आवतजावत गर्ने यातायात विच्छेद भएको छ । निरन्तरको वर्षाका कारण चामेका ३६ घर जोखिममा परेका छन् ।

बाढी पसेको बस्तीमा शनिबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा उद्धार गर्ने काम भइरहेको छ । पुनः खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर घरभित्र पसेका बालुवा फाल्ने र खोला रोक्ने काम गरिएको छ । हिजो दिउँसो २ बजेको समयमा घट्टे खोला र ठाडो लाइन खोलाहरुबाट आएको बाढी बस्तीमा पसेको थियो ।– रासस

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : २० बजे

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै

अर्थमन्त्री र मन्त्रालयका सचिवको अमेरिका भ्रमण स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि

कनकमणिको टिप्पणी : नेपालको इतिहासमा यति ठूलो विनाश कहिल्यै भएको थिएन

काठमाडौं- वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गते

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम्