कोभिड प्रतिबन्ध सहज भएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू   « Khabarhub

कोभिड प्रतिबन्ध सहज भएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू  


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीका कारण जारी गरिएका लकडाउन र विभिन्‍न प्रतिबन्धात्मक नियमहरु खुकुलो पारिएपछि काश्‍मीरमा चेरी भित्र्याउन शुरू गरिएको छ ।

कोरोना भाइरसको महामारीले लामो समयसम्म लकडाउन भएको भारतमा प्रतिबन्ध हटाइएपछि काश्मिरी किसानहरूले चेरी भित्र्याउन थालेका हुन् ।  उनीहरूले ताने चेरी लगाउँछन् ।

उनीहरूले उत्पादन गरेको चेरी श्रीनगरको उत्तरपूर्व वाल्यावार गाउँको थोक बजारमा जाने गरेको छ । त्यहाँबाट भारत नियन्त्रित काश्मिरमा चेरी बिक्री  हुँदै आएको छ।

कृषि उपजलाई बजारसम्म पहुँच दिन सरकारले उनीहरूलाई सहजीकरण गरेको भारतको बागबानी विभागका अधिकारी अबिदा मलिकले जनाएका छन् ।

‘महामारीले मौसममा ढिलाइ गरिसकेको छ, र आवागमनमा प्रतिबन्ध लगाएर उत्पादकहरू (चेरी किसानहरू) ले उब्जनी उत्पादन गर्न कठिनाई भोगेका किसानलाई सरकारले सहयोग गर्ने निर्णय गरेको छ’, मलिकले भने,  ‘उत्पादकहरूले यो समयलाई बजारीकरण गर्दै राम्रो मूल्य पाउँछन् भन्ने अपेक्षा छ ।’

स्रोत : हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : १६ बजे

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ