क्वालालम्पुर-काठमाडौँ सातामा चार उडान हुने « Khabarhub

क्वालालम्पुर-काठमाडौँ सातामा चार उडान हुने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसंगै मलेसियाको क्वालालम्पुर-काठमाडौँ सातामा ४ उडान हुने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै क्वालालम्पुरदेखि काठमाडौँको लागि सातामा ४ वटा उडान हुने जनाएको छ । ती उडान दुई पटा नेपाल एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका हुनेछन् ।

नेपाल जाने टिकट लिनुअघि आफूसँग भएका कागजातहरु (राहदानी, ट्राभल डकुमेण्ट, भिसा,चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

मलेसियाबाट स्वदेश फर्किने नेपालीहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र तथा सीसीएमसीले जारी गरेको फारम भरेर बारकोड अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।

काठमाडौं पुगेपछि ५ दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । काठमाडौँमा पनि पीसीआर परीक्षण गरिनेछ ।  रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान दिइने छ ।

कोरोनाविरुद्धको दुवै खोप लगाएरहरुलाई भने अबदेखि १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान दिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको आदेश २०७८ मा विदेशबाट स्वदेश फर्किने यात्रुले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान अनुमति दिने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ४५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै