‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने/नगर्ने भन्ने संसद्‌मार्फत जाने होइन ?’ « Khabarhub

‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने/नगर्ने भन्ने संसद्‌मार्फत जाने होइन ?’


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे/नगरेको परिणाम संसदमार्फत जाने होइन भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगल बहसका क्रममा प्रधानन्यायाधीशले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई सोधे, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्‌‌मार्फत जाने होइन र ?’

प्रधानन्यायाधीश जबराले विश्वासको मत व्यक्त गर्ने ठाउँ कहाँ हो भनेर पनि पाण्डेयलाई सोधेका छन् । कोमार्फत प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको वा नगरेको परिणाम राष्ट्रपतिकहाँ जाने भनेर जबराले प्रश्न गरेका हुन् ।

पाण्डेयले संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्ने आधार नदेखेमा राष्ट्रपतिकहाँ गएर मार्गप्रशस्तको निर्णय सुनाउने र धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने तर्क गरेका थिए ।

प्रधानन्यायाधीश जबराको प्रश्नको जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले धारा ७६(६) मा सभामुखले प्रस्ताव पेश गर्ने नलेखिएका कारण परीक्षणका लागि संसदमा जानु नपर्ने जिकिर गरे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : ३८ बजे

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि

पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्ने 

काठमाडौं– नेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल

एआई विश्वकै साझा सम्पत्ति बन्नुपर्छ : मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली

गगनको योजना : ‘मिसन रोजगारी’ योजनाबाट पाँच वर्षमा १५ लाख युवालाई जागिर

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी