म्याद नाघेका खाद्यवस्तु बिक्री नगर्न विभागको ध्यानाकर्षण « Khabarhub

म्याद नाघेका खाद्यवस्तु बिक्री नगर्न विभागको ध्यानाकर्षण


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरुको बिक्री नगर्न ध्यानाकर्षण गराएको छ।

महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरु बिक्री हुन सक्ने भन्दै विभागले सरोकारवालाको ध्यानआकर्षण गराएको हो ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुनाले त्यस्ता खाद्य वस्तुको बिक्री नहोस् भन्नेतर्फ उत्पादक, पठौरीकर्ता, वितरक, बिक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार र सजक रहन आवश्यक रहेको जनाएको छ ।

उपभोक्ता ऐन २०७५, ले उपभोग्य म्याद समाप्त भएका वस्तु आयात एवम् बिक्री गर्नु/गराउनुलाई अनुचित व्यापारिक क्रियाकलाप वा कसुर मानी दण्ड सजायको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : १० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल