टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर « Khabarhub

टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा बिहीबार पौडीको पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा साबिक विजेता अस्ट्रेलियाका केल चाल्मर्स, विश्व विजेता अमेरिकाका केलेब ड्रेसेल र रुस ओलम्पिक कमिटीका क्लेमेन्ट केलेसेलोभको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैगरी महिलाको ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्ने सम्भावना प्रबल रहेको छ ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा अस्ट्रेलियाका सेवास्टीन कुक, नेदरल्यान्ड्सका आर्नेट क्रामनेगो र विश्व च्याम्पियन रुस ओलम्पिक कमिटीका एन्थन चुकोभका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महिला २०० मिटर फ्रिस्टाइलमा झङ झिइलाई बलियो मानिएको छ । पुरुष ८०० मिटर फ्रिस्टाइलमा युक्रेनका मिखायल रोमाञ्चुकलाई बलियो मानिएको छ ।

जिम्न्यास्टिकको महिला अलराउन्ड स्पर्धा बिहीबार हुनेछ । अमेरिकी स्टार सिमोन वाइल्स उपस्थित नहुने भए पनि रुस ओलम्पिक कमिटीले स्वर्ण जित्ने सम्भावना प्रबल रहेको छ ।

तस्वीर : रोयटर्स

बिहीबार नै महिला क्यानोइको फाइनल खेल हुने छ । फेन्सिङको महिला टिम फोइलको पदकको टुङ्गो पनि बिहीबार नै लाग्नेछ ।

जुडोको महिला ७८ र पुरुष १०० किलोको स्पर्धा हुनेछ । जुडोमा आयोजक देश जापान बलियो रहेको छ । रोइङमा महिला र पुरुषको पेयर फाइनल तथा लाइटवेट मेन पुरुष र महिलाको स्पर्धा गरी ४ स्वर्णको टुङ्गो लाग्नेछ । सुटिङमा ट्यापको महिला र पुरुषको फाइनल बिहीबार नै हुनेछ ।

टेबल टेनिसको महिला सिङ्गलको सेमिफाइनल र फाइनल खेल बिहीबार हुनेछ । यो स्पर्धामा चिन बलियो रहेको छ ।

ब्याडमिन्टनमा मिश्रित युगलका सेमिफाइनल तथा महिला एकलका प्रिक्वार्टर फाइनल खेल सञ्चालन हुनेछ । महिला युगलका क्वार्टर फाइनल खेल हुनेछ । पुरुष एकलको प्रिक्वार्टर फाइनल खेल हुनेछ ।

बक्सिङको प्रिक्वार्टर फाइनल खेल बिहीबार पनि हुने छन् । बीएमएक्स साइक्लिङको क्वार्टर फाइनल हुनेछ ।

टेनिसमा पुरुष युगलको सेमिफाइनल खेल हुनेछ । क्रोएसियाको दुई जोडी सेमिफाइनल प्रवेश गरेका कारण बिहीबार क्रोएसियाका लागि महत्वपूर्ण हुनेछ । महिला एकलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ ।

महिला युगलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ । महिला एकल र पुरुष एकलका क्वार्टर फाइनल खेल बिहीबार हुनेछन् ।

टेबल टेनिस र ब्याडमिन्टनका पनि महत्वपूर्ण खेलहरू हुने भएकाले यस ओलम्पिकमा चीनको स्थानलाई बिहीबारको खेलले धेरै हदसम्म निर्धारण गर्नेछ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : १० बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग