टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर « Khabarhub

टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर


१४ श्रावण २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा बिहीबार पौडीको पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा साबिक विजेता अस्ट्रेलियाका केल चाल्मर्स, विश्व विजेता अमेरिकाका केलेब ड्रेसेल र रुस ओलम्पिक कमिटीका क्लेमेन्ट केलेसेलोभको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैगरी महिलाको ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्ने सम्भावना प्रबल रहेको छ ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा अस्ट्रेलियाका सेवास्टीन कुक, नेदरल्यान्ड्सका आर्नेट क्रामनेगो र विश्व च्याम्पियन रुस ओलम्पिक कमिटीका एन्थन चुकोभका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महिला २०० मिटर फ्रिस्टाइलमा झङ झिइलाई बलियो मानिएको छ । पुरुष ८०० मिटर फ्रिस्टाइलमा युक्रेनका मिखायल रोमाञ्चुकलाई बलियो मानिएको छ ।

जिम्न्यास्टिकको महिला अलराउन्ड स्पर्धा बिहीबार हुनेछ । अमेरिकी स्टार सिमोन वाइल्स उपस्थित नहुने भए पनि रुस ओलम्पिक कमिटीले स्वर्ण जित्ने सम्भावना प्रबल रहेको छ ।

तस्वीर : रोयटर्स

बिहीबार नै महिला क्यानोइको फाइनल खेल हुने छ । फेन्सिङको महिला टिम फोइलको पदकको टुङ्गो पनि बिहीबार नै लाग्नेछ ।

जुडोको महिला ७८ र पुरुष १०० किलोको स्पर्धा हुनेछ । जुडोमा आयोजक देश जापान बलियो रहेको छ । रोइङमा महिला र पुरुषको पेयर फाइनल तथा लाइटवेट मेन पुरुष र महिलाको स्पर्धा गरी ४ स्वर्णको टुङ्गो लाग्नेछ । सुटिङमा ट्यापको महिला र पुरुषको फाइनल बिहीबार नै हुनेछ ।

टेबल टेनिसको महिला सिङ्गलको सेमिफाइनल र फाइनल खेल बिहीबार हुनेछ । यो स्पर्धामा चिन बलियो रहेको छ ।

ब्याडमिन्टनमा मिश्रित युगलका सेमिफाइनल तथा महिला एकलका प्रिक्वार्टर फाइनल खेल सञ्चालन हुनेछ । महिला युगलका क्वार्टर फाइनल खेल हुनेछ । पुरुष एकलको प्रिक्वार्टर फाइनल खेल हुनेछ ।

बक्सिङको प्रिक्वार्टर फाइनल खेल बिहीबार पनि हुने छन् । बीएमएक्स साइक्लिङको क्वार्टर फाइनल हुनेछ ।

टेनिसमा पुरुष युगलको सेमिफाइनल खेल हुनेछ । क्रोएसियाको दुई जोडी सेमिफाइनल प्रवेश गरेका कारण बिहीबार क्रोएसियाका लागि महत्वपूर्ण हुनेछ । महिला एकलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ ।

महिला युगलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ । महिला एकल र पुरुष एकलका क्वार्टर फाइनल खेल बिहीबार हुनेछन् ।

टेबल टेनिस र ब्याडमिन्टनका पनि महत्वपूर्ण खेलहरू हुने भएकाले यस ओलम्पिकमा चीनको स्थानलाई बिहीबारको खेलले धेरै हदसम्म निर्धारण गर्नेछ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : १० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा