विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५७८ जनानमा संक्रमण भएको छ । यस्तै थप ४७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २७२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ५६ हजार ‍१७८ जना, बेलायतमा १ लाख २९ हजार ४३० जना, फ्रान्समा १ लाख ११ हजार ७३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४१ हजार १६४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख २९ हजार ८५७ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७२ हजारभन्दा बढी छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ६६ लाख २४ हजार ४८४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४३ लाख ४९ हजार ७०३ छ । यसमध्ये ८६ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ६ : ४० बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार