टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा « Khabarhub

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।

अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ३९ बजे

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने

रौतहटमा दुई समुदायबीच तनाव, सेनासहितका ५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं- रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि

चितवनमा दुई अस्थायी मतदान केन्द्र थपिने

चितवन– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र

आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता

भद्रपुर– परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण,