लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित « Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– चार दिनदेखि सम्पर्कविहीन रहेकी जनता समाजवादी (जसपा) पार्टी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेङ्गामगर बिहीबार दिउँसो पार्टीको सम्पर्कमा आएकी छन् । उनी जसपा प्रदेशसभा संसदीय दलकी मुख्य सचेत हुन् ।

प्रदेशसभा सदस्य ढेङ्गामगर बिहीबार दिउँसो बुटवलस्थित जसपाको लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीको प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए । ढेङ्गामगरले परिवारका सदस्य बिरामी परेको तनावका कारण आफू कसैको सम्पर्कमा नआएको जानकारी गराएको पनि पोखरेलले बताए ।

आइतबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहीन भएर सोमबार बिहान ५ मिनेट मात्रै सम्पर्कमा आएकी ढेङ्गामगर पुनः सम्पर्कविहीन भएकी थिइन् । जसपाको लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले उनी पार्टीको सम्पर्कमा आएको पुष्टि गरे ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा रहेको भन्ने चर्चा चलिरहेका बेला एकाएक एक जना प्रदेश सभा सदस्य सम्पर्कविहीन हुँदा अनेक अडकलबाजी हुन थालेको थियोे ।

उनी सम्पर्कविहीन भएपछि जसपा लुम्बिनी प्रदेश समितिका मुख्य सचिव पोखरेलले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ५८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार