जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाले पार्टी सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उनले बतए ।

यसैगरी बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको खतिवडाले बताए ।

उनले जसपाको अर्को पक्षलाई कारवाही नगरेको र उनीहरु आफै आधिकारीक पक्षमा नआएको जिकिर गरे । उनले सरकारमा जाने बिषयमा भने केही दिनमा टुङ्गो लाग्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ६ : ४१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन