पहिरोले सिंगो बस्ती नै जोखिममा (भिडियोसहित) « Khabarhub

पहिरोले सिंगो बस्ती नै जोखिममा (भिडियोसहित)


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बुटवल– अविरल वर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो बस्ती नै जोखिममा परेको छ ।

चुरे पहाड तल रहेको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

स्थानीयबासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका बासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् ।

पहिरोपछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

यसअघि २०५५ सालमा गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ५५ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार