पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी « Khabarhub

पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको बार्सिलोना छाडेर फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी आइतबार पीएसजीको जर्सीमा मैदानमा देखिने भएका छन् ।

​पीएसजीका प्रशिक्षक मारिसियो पोचेटिनोले आइतबारको खेलबाट मेस्सीले पीएसजीका लागि डेब्यू गर्ने बताएका छन् । आइतबार राति १२ बजे रिम्ससँग हुने खेलबाट मेस्सीले फ्रेन्च लिगमा डेब्यू गर्न लागेको स्पेनिस सञ्चार माध्यमहरुले पनि जनाएका छन् ।

मेस्सीले डेब्यू गर्दा पहिलो रोजाइको ११ मा पर्छन् कि सब्स्च्युटका रुपमा मैदानमा छिर्छन् त्यो भने यकिन नभएको जनाइएको छ ।

जुलाई दोस्रो साता सम्पन्न कोपा अमेरिकाको फाइनल खेलेपछि मेस्सी मैदानमा उत्रिएका छैनन्। पीएसजीले यो सिजनमा अहिलेसम्म घरेलु लिगमा खेलेका सबै ३ खेल जितेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ३४ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र